११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध



२० पुस, नुवाकोट ।
नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन ९ल्याण्डलाईन टेलिफोन० र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ ।

टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत उत्पन्न समस्याको समाधान नहुँदा उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् ।

गल्छीबाट ल्याइएको फाइबर नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटे आसपासको स्थानमा खराबी देखिएकाले बनाउन पोखराबाट आज बिहान आइपुगेका प्राविधिकले प्रयास गरिरहेको टेलिकम नुवाकोट प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार अप्टिकल फाइबर विस्तार र मर्मतको जिम्मेवारी निजी कम्पनीलाई दिइएकाले सेवा अवरुद्धपछि मर्मतका लागि काठमाडौ नजिक हुने भए पनि निजी कम्पनीको प्राविधिक पोखराबाट आउन ढिलाइ गरेकाले समस्याको पहिचान र मर्मतमा ढिलाइ भएको हो ।
रासस

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार ००:००