१७ पुस, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०१८समृद्धि र विकासको महाअभियानको प्रारम्भ वर्ष हुने बताएका छन् ।
अंग्रेजी नयाँ वर्ष २०१८ का अवसरमा स्वदेश तथा विदेशमा बसिरहेका सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निर्वाचनको सफलतासँगै नेपाली जनताले वर्षौंदेखि प्रतीक्षा गरेको विकास र समृद्धिको सपना अब प्राप्ति हुने मार्गतिर हामी डोरिएको बताएका छन् ।
ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको आज शुभकामना दिँदै नेता ओलीले अब देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमिएको बताएका छन् । रासस
प्रतिक्रिया