२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास निर्माणमा राजनीति नगर्नुस्ः आयुक्त बस्न्यात



१५ पुस, खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

आफ्नो गृह जिल्ला खोटाङको छोरम्बुमा आज आयोजित सम्मान कार्यक्रममा उनले पछिल्लो समय विकास निर्माणमा राजनीतिकरण बढ्दै गएको र त्यसले अपेक्षित विकास हुन नसकेको उनले बताए ।

“विकासका नाममा राजनीति नगर्नुस्, राजनीतिबाट विकास गर्नुस् उनले भने, “आफूले दिएको आश्वासन पूरा गर्नुस्, सम्पूर्ण विकासका आयाम पूरा हुँदै जान्छ ।”

४७ वर्षपछि गृह जिल्ला खोटाङ आएका आयुक्त बस्न्यातलाई विकट जिल्लामा जन्मिएर पनि राज्यको उच्च तहमा पुगेर देशको सेवा गरेकोमा छोरम्बुवासीले दोसल्ला ओढाएर सम्मान गरेको छ ।

उहाँले आजै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा विस्तार गरिएको केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गरे । रासस

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार ००:००