६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनिसेफद्वारा दुई स्वास्थ्यचौकी पुनःनिर्माण



९ पुस, गोरखा ।
भूकम्पले क्षति पु¥याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ । युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखा नगरपालिका १२ तारानगर र बक्राङ स्वास्थ्यचौकी भवन निर्माण गरी स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खानले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गर्दै ५५ लाखका दरले स्वास्थ्यचौकी निर्माण गर्न लगानी गरिएको बताए । यी स्वास्थ्यचौकी छ कोठाका छन् ।

शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । भवन बनेपछि अस्थायी टहरोमा बिरामी राखेर उपचार गर्नु पर्दैन भने बर्थिङ सेण्टर सञ्चालनमा आएपछि प्रसुति गराउन सजिलो भएको छ ।

युनिसेफले गोरखामा १२ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म सात वटा निर्माण गरी हस्तान्तरण गरेको छ भने बाँकी भवन हस्तान्तरणको तयारीमा छ । सडक सुविधा नपुगेको गुम्दाको माछाखोला स्वास्थ्यचौकी भवन पुनःनिर्माणमा भने सामान ढुवानीमा ढिलाइ हुँदा पुनःनिर्माण शुरु भएको छैन ।
रासस

प्रकाशित मिति : ९ पुस २०७४, आइतबार ००:००