१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा



६ पुस, रोल्पा ।
जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।

गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षासमेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताए ।

जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालीमसमेत सञ्चालन गरेका छौ, आचार्यले भने ।

प्रजनन स्वास्थ्य, किशोरावस्था तथा विवाहसम्बन्धी प्रचलित कानूनको समेत जानकारी नभएका अभिभावकलाई यस्ता विषयको जानकारीले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको आचार्यको भनाइ छ ।

बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने कुरा विगतमा आफूहरुलाई थाहा नभएका कारण बालविवाह गराएको अभिभावक कमला गुरुङले बताइन् । अभिभावक शिक्षासंगै बालविवाह न्यूनीकरणमा आफूहरु समेत लागेको गुरुङको भनाइ छ ।

पछिल्लो तथ्यांकअनुसार रोल्पामा हुने विवाहमध्ये ६५ प्रतिशत बालविवाह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि युएनएफपीएको सहयोगमा नेपाल रेडक्रश सोसाइटी, रोल्पाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।
रासस

प्रकाशित मिति : ६ पुस २०७४, बिहिबार ००:००