८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दी भ्रमण वर्ष मनाइने



५ पुस, बाबियाचौर– म्याग्दी ।
जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले ‘म्याग्दी भ्रमण वर्ष २०७५’ मनाउने निर्णय गरिएको हो ।

स्थानीय तह, सरोकारवाला संघसंस्थासंग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव लीलाराम गौतमले बताए । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रवर्द्धन र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य छ ।

जिल्लामा घुम्न लायक ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् । म्याग्दी हुँदै मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका पर्यटकीयस्थलमा घुमाउने लक्ष्य रहेको छ ।

धौलागिरि, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइसे, संसारकै गहिरो अन्ध गल्छी लगायत पर्यटकीयस्थल रहेका छन् ।

आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सवमा विभिन्न जातजातिको मौलीक वेशभूषा र झाँकीको प्रदर्शनका साथै प्रतिस्पर्धा गरिने भएको छ । उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
रासस

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार ००:००