१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस टर्मिनल निर्माणको काम ९० प्रतिशत पूरा



५ पुस, पथरी– मोरङ ।
विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो । गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो ।

हालसम्म भवन निर्माणको काम र अन्य गरी ९० प्रतिशत काम सकिएको र अब एक महिनाभित्र बाँकी रहेको १० प्रतिशत काम पनि सक्ने प्रोजेक्ट इञ्चार्ज सुदर्शन थापाले बताए ।

विराटनगर महानगरपालिका अर्थात ९नगर विकास० कोषको आठ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी–पार्वती निर्माण सेवा काठमाडौँले बसपार्क निर्माण गर्ने ठेक्का पाएको थियो ।

ठेकेदारले निर्माण गरिरहेको नयाँ बसपार्कमा साना–ठूला गरी ७५ वटा बस पार्किङ गर्न मिल्नेछ । दुईतल्ले आधुनिक बस टर्मिनललाई अर्को व्यवस्था नभएसम्म बसपार्कको रुपमा प्रयोग हुनेछ ।
रासस

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार ००:००