१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा मातृशिशु निगरानी परियोजना सञ्चालन गरिने



१, पुस जुम्ला । कर्णालीका आमा र बच्चाको स्वास्थ्य अवस्था सुरक्षित राख्न जुम्लाबाट ‘मातृशिशु निगरानी तथा प्रतिकार्य’ परियोजना लागू गर्न लागिएको छ ।

यूनिसेफको सहयोगमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा यो परियोजना एकसाताभित्रै शुरु गरिने छ । गर्भवती भएको समयमा आमा र बच्चाको मृत्यु हुन नदिन र मृत्यु भए किन र कसरी भएको भन्ने कारण पत्ता लगाइ त्यसको रोकथाम गर्न यो परियोजना लागू गर्न लागिएको महाशाखाका नर्सिङ अधिकृत केशु काफ्लेले बताइन् ।

तस्बिर स्राेतः यूनिसेफ

“परियोजना अन्तर्गत भावी दिनमा घटना हुननदिन घटना भइसकेपछि हामी कमजोरी खोतल्छौं र त्यसको रोकथाम तथा समाधानमा जोड दिन्र्छौं,” काफ्लेले भनिन् ।

हरेक मृत्युले गणना हुनु पाउनु पर्ने भए पनि कर्णालीका दुर्गम भेगका आमाहरुले मृत्यु भइसकेपछि समेत गणना हुने अधिकार नपाएको काफ्लेको टिप्पणी छ ।

परियोजनाले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले सामाजिक जनचेतनाको कमी, गरिबी, स्वास्थ्यकर्मीको लापरबाही, औषधिको अभाव, भौगोलिक दुर्गमता र शीघ्र सेवाको व्यवस्था नहुँदा यहाँका गर्भवती आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको कुरा औंल्याएका थिए ।

यसमा स्वास्थ्य निकायबाट मात्र यो अभियान पूरा नहुने भन्दै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडलले कर्णालीको आमा र शिशुको स्वास्थ्य अवस्था सुरक्षित गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मिडवाइ फेरि कार्यक्रम शुरु हुन थालेको बताए । यसका लागी स्थानीय तहका जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गर्नुपर्ने पौडेलको सुझाव छ ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदबहादुर शाहीले गत वर्ष गर्भवती एउटा आमाको मृत्यु भए पनि यो वर्ष त्यस्तो घटना नघटेको जानकारी दिए । रासस

प्रकाशित मिति : १ पुस २०७४, शनिबार ००:००