८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गममा फोन र विद्युत् पु¥याउन पहल



२८ मंसिर, इलाम ।
नेकपा एमालेका नेता सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताएका छन् ।

फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा भएको विजयसभामा पूर्वसभामुख नेम्वाङले भने, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै यस देशका जनता कमजोर हुँदैनन्, शान्ति र प्रजातन्त्रका लागि फेरि जनताले लडाइँ गर्नुपर्दैन ।”

सबै जाति, भाषा, धर्म र संस्कृतिका जनताका लागि जनतामैत्री संविधान बनेको उल्लेख गर्दै नवनिर्वाचित सांसद नेम्वाङले देशलाई स्थिरता र आर्थिक समृद्धितर्फ उन्मुख गराउने जिम्मेवारी दल र जनप्रतिनिधिमा रहेको बताए ।

उनले भने, “नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण लगायत कार्यालयका प्रमुखलाई भेटेर विद्युतीकरण, टेलिकम टावर निर्माणका लागि भनेका छौं, हामी दूरदराजमा फोन, विद्युत् सुविधा पु¥याउन पहल र प्रयासरत छौँ ।”

समानुपातिकमा एमाले पहिलो

समानुपातिकतर्फ एमाले पहिलो भएको छ । अन्तिम नतिजानुसार एमालेले ६१ हजार ६३०, नेपाली कांग्रेसले ४२ हजार ३९२ र नेकपा माओवादी केन्द्रले सात हजार २२६ मत प्राप्त गरेका छन् । यहाँ दुई लाख चार हजार ४६ मतदाता थिए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।
रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार ००:००