८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभाका १४९ र प्रदेशसभाका ३०३ क्षेत्रको मतगणना सम्पन्न



२५ मंसिर, काठमाडौँ ।
यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट अपराह्न ५ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १४९ र प्रदेशसभा सदस्यतर्फ ३०३ प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म १४९ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी प्रदेशसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका सबै जिल्लाका ३३० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ३०३ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १६ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका २७ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी छ ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००