१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुर १ प्रदेश ‘ख’ मा एमालेका चौधरी, बारा १ मा कांग्रेसका चौधरी विजयी



२५ मंसिर ।
कञ्चनपुरः क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका कुलवीर चौधरी १६ हजार १५८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गरे ।

सिमरा— बाराः बारा क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी विजयी भएका छन् । चौधरीले २४ हजार ४५० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे । सो क्षेत्रमा राजपाका रामकिशोर यादवले २० हजार १४४ मत प्राप्त गरे ।

बारा १ प्रदेश ‘ख’ मा राजपाका यादव, बारा ४ प्रदेश ‘ख’ मा सोनार

बारा क्षेत्र नं १ प्रदेश ‘ख’ मा राजपा–फोरम गठबन्धनका सरोज यादव विजयी भएका छन् । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गोविन्द प्रसाद उपाध्यायले जानकारी दिए ।

क्षेत्र नं ४ प्रदेश ‘ख’ मा राजपाका महामन्त्री जितेन्द्र सोनार १३ हजार ११८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुशवाहले पाँच हजार ८९७ मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००