१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ ६ मा कांग्रेसका प्रधान विजयी



२३ मंसिर, काठमाडौँ ।
काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले विजयी भएका हुन् ।

सुवेदीले १५ हजार ४८५ मत प्राप्त गरे । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाएका छन् ।

यो क्षेत्रमा कूल ५८ हजार १८६ मतदाता रहेकामा ४२ हजार ३९९ अर्थात् ७२।८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए । यसमध्ये ३९ हजार २६८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणनाको तयारी भइरहेको छ ।

क्षेत्र नं १ को प्रदेश क मा कांग्रेस विजयी

यसैगरी, काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा क मा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६ हजार २३१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनकी विष्णुकुमारी भुसालले चार हजार ६१८ मत ल्याएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताए । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले चार हजार ३४३ मत पाइन् ।

क्षेत्र नं १ को प्रदेश ख मा वाम गठबन्धन विजयी

प्रदेश ख मा भने वाम गठबन्धनका गणेशप्रसाद दुलाल विजयी भए । उनले चार हजार २४२ मत प्राप्त गरे । उनी एमाले उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरजचन्द्र लामिछानेले चार हजार २२३ मत पाए । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीका पुरुषोत्तमप्रसाद ढकालले दुई हजार ७२५ मत ल्याए ।

क्षेत्र नं ४ को प्रदेश क मा कांग्रेस विजयी

काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा क मा पनि कांग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले आठ हजार ७१९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका निर्मल कुइँकेलले सात हजार ७९४ मत प्राप्त गरे ।

कुइँकेल दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ मा कांग्रेस नेता गगनकुमार थापाबाट पराजित भएका थिए । यो प्रदेशसभामा तेस्रो स्थान विवेकशील साझा पार्टी नै भयो । विवेकशीलका दिपेश श्रेष्ठ वैद्यले तीन हजार ५१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । प्रदेशसभा ख को भने मतगणना भइरहेको उनले बताए ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००