१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा अत्यधिक मतबाट गुरुङ, बाँके क्षेत्र ३ को क मा खरेल विजयी



२३ मंसिर ।
काठमाडौँ— दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन् ।

गुरुङका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन् । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएका दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।

उनकाअनुसार प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् ।

कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरे । प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले २३ हजार ३८ मत प्राप्त गरी विजयी भए भने कांग्रेसका केशव चौलागार्इंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गरेका छन् ।

नेपालगन्ज— बाँके जिल्ला क्षेत्र नं ३ क प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल विजयी भएका छन् ।

खरेलले १६ हजार ६७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००