८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा प्रतिनिधिसभामा स्वतन्त्र, प्रदेश ‘क’ मा एमाले



२२ मंसिर, हुम्ला ।
जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००