१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको प्रदेशसभा क मा माओवादी र ख मा एमाले विजयी



२२ मंसिर, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र क बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन् ।

केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसकेका भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत कम उमेरको सांसद बनेका छन् । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र क मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो ।

यसैगरी प्रदेशसभा सदस्यमा क्षेत्र ख बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पुनले दुई हजार ८७१ मत अन्तरले कांग्रेसका अमलाल फगामीलाई पराजित गरेका हुन् ।

दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बनेकी एमालेकी पुनले १० हजार ८६८ र कांग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००