१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँको मतगणना शुरु



२२ मंसिर, काठमाडौँ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना शुरु भएको छ ।

काठमाडौँ जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोख्रेलका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र १, ४, ५ र ६ मतगणना कार्य शुरु भएको छ । बाँकी निर्वाचन क्षेत्रको शीघ्र शुरु हुने उनले जानकारी दिए ।

काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, सहकारी विकास विभाग नयाँ बानेश्वर, वन परिसर र जिल्ला समन्वय केन्द्र बबरमहलमा मतगणनाको तयारी भइराखेको छ ।

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका हुनेछ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुनेछ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००