४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटमा वामगठबन्धनको अग्रता



२२ मंसिर, नुवाकोट ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गरेको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश क मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ एक हजार ५२५ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गरेका छन् ।

प्रदेश ख मा एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश क मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गरेका छन् ।

प्रदेश ख मा माओवादी केन्द्रका उम्मेदवार हीरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गरेका छन् । नुवाकोटमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कूल छ पदका लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००