२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीमा चुनावको अन्तिम तयारी



१९ मंसिर, नवलपरासी ।
दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारी सहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ ।

मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । नवलपरासीमा प्रतिनिधिसभातर्फ चार निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् ।

जिल्लामा कूल २३२ मतदान स्थलका ५१५ वटा मतदात केन्द्रका लागि करिब चार हजार कर्मचारी परिचालन गरिएको छ । प्रदेश नं ४ मा नवलपरासी पूर्वतर्फ प्रतिनिधिसभामा दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् भने प्रदेश नं ५ मा नवलपरासी पश्चिम प्रतिनिधिसभामा दुई प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी जिल्लामा करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ४६ र प्रदेशसभा सदस्यतर्फ १०५ उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् कूल चार लाख २९ हजार ९५१ मतदाता छन् ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार ००:००