४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमा पेस्तोलसहित तीन युवा पक्राउ



१८ मंसिर, तनहुँ ।
तनहुँको आँबुखैरेनी बजारबाट ४५ थान गोली र चार वटा पेस्तोलसहित सोमबार तीन युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

हतियारसहितका युवाहरू नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । पक्राउ परेका युवाहरूविरुद्ध हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ००:००