७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा उम्मेदवारको गाडीमा आगजनी



१४ मंसिर, कैलाली ।
कैलाली निर्वाचन क्षेत्र नं २ मा प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी सवारी साधनमा आज बिहान अज्ञात समूहले आगजनी गरेको छ ।

वाम गठबन्धनबाट उम्मेदवार थापाको लम्की चुहा नगरपालिकास्थित घर पछाडि राखिएको बा १६ च ६८९९ नं को जीपमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए ।

आगजनी कसले ग¥यो भन्नेबारे थाहा हुन नसकेको बताउँदै प्रहरी नायब उपरीक्षक बुढा मगरले आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको बताए । आगजनीबाट जीपको पूरै भाग जलेको छ ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहिबार ००:००