७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई सचेत गराउन आयोगसमक्ष एमालेको माग



१४ मंसिर, काठमाडौँ ।
नेकपा एमाले, केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज ९बिहिबार०को बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ ।

प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गरेका छन् । साथै शृङ्खलाबद्ध रुपमा देशभर भइरहेका हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसंग माग गरिएको छ ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहिबार ००:००