२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस उम्मेदवारको गाडी एम्बुसमा, उपचारका लागि काठमाडौँ लगियाे



१३ मंसिर, गाईघाट– उदयपुर ।
उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

उदयपुरगढी गाउँपालिका ६ स्थित दनुवारबेंसीमा बुधबार बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा १५ च ७८०६ नम्वरको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए ।

उम्मेदवार कार्कीसंगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् ।

गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले बताएको छ । उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ ।

घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपराधीको जंगल क्षेत्रमा खोजी गरिएको प्रहरीले बताएको छ ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ००:००