१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै मतपेटिका सदरमुकाममा संकलन



१३ मंसिर, काठमाडौँ ।
पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको छ ।

डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ००:००