१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरिबिका कारण टुकीको भरमा रात बिताउन बाध्य



१२ मंसिर, पाल्पा ।
पाल्पा बगनासकाली गाउँपालिका १, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ ।

घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताए । “अरुको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला,” कुमालले गुनासो पोखे ।

सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती रहे पनि आर्थिकरुपमा विपन्न भएकाले माछा मारेर उनीहरुले जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ ।

पाल्पालाई टुकीरहित बनाउने

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सात वर्षभित्र पाल्पालाई टुकीरहित बनाउने बताए । चुनावी सभामा उनले संविधान निर्माणका लागि जनताले दिएको अभिभारा आफूले पूरा गरेकाले यसपालिको निर्वाचनमा आफूलाई जिताउने बताए उनले युवालाई गाउँ बस्तीमा स्वरोजगार बनाउने योजना रहेको बताए ।

चुनावी सभामा पार्टीका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले कृषि पशुपालन वनजन्य उद्योगबाट युवालाई स्वरोजगार र आर्थिक समृद्धि बनाउने कार्यमा नेपाली कांग्रेसको नेतृत्वबिना सम्भव नभएको बताए ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार ००:००