४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतको मोदी गाउँपालिकामा मदिरा बिक्री वितरणमा रोक



११ मंसिर, फलेवास– पर्वत ।
पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो । गाउँपालिकाभित्रका सबै वडामा गुणस्तरहीन रक्सी भित्रिने गरेको र त्यसले जनस्वास्थ्यमाथि प्रतिकूल असर पार्नुका साथै समाजमा समेत नराम्रो असर पारेको भन्दै बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए ।

उनका अनुसार आगामी मंसिर २४ गतेदेखि गाउँपालिकाका कुनै पनि स्थानमा यस्तो गुणस्तरहीन रक्सी बिक्री वितरण गरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख को १३ अनुसार हटाउन निर्देशन दिने र उक्त अवधिमा नहटाएमा कारबाही गरिने छ ।

उनले व्यावसायिकरुपमा उत्पादन गरिने अवैध घरेलु मदिरालाई पनि प्रतिबन्ध लगाइने र त्यस्ता व्यावसायिकरुपमा मदिरा उत्पादनमा लाग्नेलाई वैकल्पिक पेशाका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:००