१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील



१० मंसिर, पोखरा ।
यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ ।

त्यस्तै प्रदेश नं ५ का ९१० मतदानस्थलमध्ये २७२ अतिसंवेदनशील, २७४ संवेदनशील र ३६० लाई सामान्य मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुरुप भरपर्दो एवं मजबुत एकीकृत सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र गोरखालाई अतिसंवेदनशील, कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ्ग र अर्घाखाँचीलाई संवेदनशील र मनाङ, लमजुङ, तनहुँ, मुस्ताङ, पर्वत, पाल्पा, गुल्मी र नवलपरासी (बर्दघाट पश्चिम)लाई सामान्य जिल्लाका रुपमा वर्गीकरण गरिएको प्रदेश नं ४ को प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००