२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण

लेखक स्थानीय खबर ७ मंसिर २०७४, बिहिबार १ मिनेट पढाइ

७ मंसिर, बाजुरा ।
बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीका खटिएका सिराहा जिल्ला सिराहा महानगरपालिका १९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ ।

सदरमुकाम मार्तडीबाट बूढीनन्दा नगरपालिकाको नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा बडीमालिका नगरपालिका ७ मा रहेको पोरखे लेकमा अज्ञात समूहले आक्रमण गरेको यादवले बताए ।

सिराहा जिल्ला घर भई हाल हिमाली गाउँपालिकाको विच्छ्या माविका विज्ञान विषयमा अध्यापन गराउँदै आएका यादव बुधबार पोरखे लेकमा एक्लै भएको बेला अज्ञात समूहले आक्रमण गरेर घाइते भएपछि मतदान केन्द्रमा नपुगी जिल्ला फर्किएका छन् ।

घाइते यादवले आफूसंग भएको १३ हजार नगदसमेत लुटिएको प्रहरीमा उजुरी गरेको यादवले बताए । आक्रमणपछि घाइते यादवको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ ।

यादवको ढाड, खुट्टा र टाउकोमा चोट लागेको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले सहायक मतदान अधिकृतमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको जानकारी दिएका छन् ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।