२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावले मनाङमा राजनीतिक चहलपहल बढ्यो



२ मंसिर, मनाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ ।

राजनीतिक दलहरु आआफ्नो नारा बोकेर जनाताको घर दैलोमा पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको छ ।

 

मनाङकाे ङावल गाउँ । तस्बिर स्राेतः जिल्ला समन्वय समितिकाे कार्यालय मनाङ

मुख्य निर्वाचन अधिकृत दीपक ढकालले मतदाता शिक्षाबाहेक मतदान अधिकृतलगायत निर्वाचनमा खटाइसकेको जानकारी दिएका छन् । साथ, सबै कर्मचारीलाई तालीम दिइसकेको र मंसिर ७ गतेबाट सबै मतदान केन्द्रमा मतदाता संख्याका आधारमा ७ देखि ९ जनासम्म कर्मचारी परिचालन गर्ने उनले बताए ।

निर्वाचन सुरक्षाका लागि जनपथ प्रहरी २१८, सशस्त्र प्रहरी १३०, म्यादी १८८ र १२० जना रिजर्भ फोर्सबाहेक नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुर्व्यहार

नेपाल पत्रकार महासंघ मनाङ शाखाका उपाध्यक्ष नवीन लामीछानेमाथि दुव्र्यवहार भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाका लागि मनाङको नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा समाचार सम्प्रेषण गर्न पुगेका लामिछानेमाथि एमालेका दीपक मनाङेका कार्यकर्र्ताबाट दुव्र्यवहार भएको हो ।

राष्ट्रिय समाचार समिति मनाङका प्रतिनिधि समेत रहेका लामिछानेलाई समचार सम्प्रेषण गर्दै गर्दा दुव्र्यवहार गरेका हुन् । एमालेका कार्यकर्ताले जुलुस लगाउँदै गर्दा आफू फोटो खिच्न गएको बेला आफूलाई तानेर लगेको र धम्क्याएको पीडित लामिछाने बताउँछन् । रासस

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ००:००