१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमणः ओली



मंसिर २, विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनको उम्मेदवारहरू माथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिवार पत्रकारहरूसँग कुरा गर्दै उनले उम्मेदवारलाई सुरक्षित तथा निर्वाध निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

मुलुकको विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवारहरू माथि सांघातिक आक्रमण हुँदा सरकार मौन बसेको आरोप लगाए । साथै सरकार नै निर्वाचनको मिति सार्न लागिपरेको आरोप लगाए ।

एक प्रश्नको जवाफमा उनले सरकारले राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गरिरहेको र त्यसबारे निर्वाचन पछि गठन हुने आफ्नो सरकारले छानविन गर्ने बताए ।

उनले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन कार्य नगरेको टिप्पणी गरे । रासस

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ००:००