६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई सचेत गराइयो



१ मंसिर, रसुवा ।
निर्वाचन आचारसंहिता उल्लंघनका क्रियाकलाप गर्ने राजनीतिक दलका उम्मेदवारलाई मुख्य चिर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ ।

उक्त कार्यालयका अनुसार केन्द्र र जिल्लास्तरको संयुक्त अनुगमन टोलीले दक्षिणी रसुवाका केही स्थानमा प्रचारप्रसारका क्रममा उम्मेदवारले विद्यालय एवं विद्यार्थी प्रयोग गरेको, सवारी साधन मापदण्डभन्दा बढी सञ्चालन गरेको, ब्यानरको आकार ठूलो राखेको, विद्यालयका शिक्षक दलगतरुपमा झण्डा बोक्ने गरेको देखिएपछि आचारसंहिता पूर्णरुपमा पालन गरी—गराई अगाडि बढ्न सचेत गराइएको हो ।

दलका झण्डा बोक्ने शिक्षक, तथा विद्यालयको नाम पत्ता लगाउन जनशक्ति परिचालन समेत गरिएको छ । शिक्षकले दलगतरुपमा झण्डा बोकेको पाइएमा कारबाही गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ००:००