१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले उपमहासचिव भुसालको प्रतिबद्धता पत्र सार्वजनिक



 

२९ कात्तिक, बुटवल । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले आगामी निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

भैरहवामा पत्रकार सम्मेलन गर्दै रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार भुसालले आज प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । आफूले सार्वजनिक गरेका प्रतिबद्धता वाम गठबन्धनको सरकार बनेपछि मात्रै पूरा गर्न सकिने उनले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजना आगामी एक वर्षभित्र सम्पन्न गरिने, बेथरी–बेलबास नहरसहितको हरित सडक आयोजना आगामी तीन वर्षमा पूरा गरिने, लुम्बिनी बुद्ध परिपथ निर्माण गरिने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको आयोजना वामपन्थीको सरकार बनेपछि शुरु हुनेसमेत प्रतिवद्धता पत्रमा उल्लेख छ । कोरला नाकादेखि सुनौली सडक कालीगण्डकी करिडोरको आयोजना, हुलाकी राजमार्गलाई चार लेन बनाउने, सिद्धार्थनगरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण आफ्नो योजनामा रहेको उनले बताए । रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००