१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरुtegory[]=55



२७ कात्तिक, रत्ननगर— चितवन ।
चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ । जिल्लामा छनोट भएका ४०८ स्वयंसेवकमध्ये १५० जनालाई प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए ।

उनका अनुसार आज (सोमबार) झण्डै २०० जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ । बाँकी अन्यलाई मंगलबार प्रशिक्षणपश्चात खटाइने ढकालले जानकारी दिए ।

जिल्लामा १६१ मतदान स्थलमा ४०८ वटा मतदान केन्द्र रहेका छन् । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहनेछन् । यसपालि भने उनीहरुले गाउँको टोल विकास संस्था र महिला समूहसंग समन्वय गरेर एउटा टोलमा एकैचोटि मतदाता शिक्षा प्रदान गर्नेछन् ।

यसअघि घरघरमा जाँदा मानिस नभेटिने गरेकाले अहिले सामूहिक रुपमा मतदाता शिक्षा दिन लागिएको छ । यसपटक स्कुलमा गएर विद्यार्थीलाई जानकारी गराई उनीहरुका अभिभावकलाई सिकाउन आह्वान गरिने ढकालले बताए ।

उनीहरुले मतदान गर्न पर्नाको कारण, मताधिकार के हो, कसरी भोट हाल्दा बदर हुँदैन । किन उम्मेदवार छान्ने भनेर जानकारी गराउनेछन् । भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिन लागिएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । उम्मेदवारहरु अहिले गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय छन् ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार ००:००