१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनपछि वाम गठबन्धनको सरकारः ओली



२५, दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि दुई तिहाइको वाम सरकार निर्माण हुने र माओवादी केन्द्रसँग पार्टी एकता हुने जिकीर गरेका छन् ।

झापाको कमल गाउँपालिकास्थित क्याम्पा बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर मुलुकको बिकास गर्ने छ दाबी गरे ।

मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकमा स्थीर वाम सरकार निर्माण हुने उनको भनाई थियो । मुलुकलाई गलत बाटोमा जान नदिन वाम गठबन्धन निर्माण गरिएको उनको दाबी छ । “वाम गठबन्धन सत्ता प्राप्तिको लक्ष्य होइन, राजनीतिक स्थिरता र समृद्धिका लागि हो,” ओलीले भने ।

उनले लोकतन्त्र र गणतन्त्रका विषयमा आपूmहरूको निष्ठामा शंका नगर्न आग्रह गरे । झापा क्षेत्र नं ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आजै आफ्नो निर्वाचन क्षेत्रका केर्खा, गौरीगञ्ज बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेका छन् । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००