१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सम्पन्न



 

२२ कात्तिक, धनगढी । आसन्न निर्वाचनको तयारीलाई लक्ष्य गरी क्षेत्रीय निर्वाचन कार्यालयले आयोजना गरेको क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।

दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कैलालीबाट छ र कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुराबाट चार चार जना मतदान तथा मतगणना अधिकृतको सहभागिता रहेको थियो ।

सहभागीलाई क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रशाद आर्याल र निर्वाचन आयोगका जेवी पाण्डेले प्रशिक्षण दिएका थिए । निर्वाचनको तयारीकै क्रममा कार्यालयले सबै जिल्लाका हरेक मतदान केन्द्रमा मतदाता शिक्षा सञ्चालन गर्न एक दुई दिनभित्र कर्मचारी खटाउन लागेको छ ।

सात नम्बर प्रदेशमा रहेका नौ जिल्लाका एक हजार नौसय मतदान केन्द्रका लागि त्यतिकै संख्यामा मतदाता शिक्षा दिन कर्मचारी खटाउन लागिएको कार्यालयका प्रमुख आर्यालले बताए ।

हतियार बुझाउन प्रशासनको सूचना
जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै निर्वाचन अवधिभर आफूसंग रहेको वैध हतियार स्थानीय प्रशासन वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षामा खटिएका सुरक्षाकर्मी र कानूनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विष्फोटक, रासायनिक वा विषालु पदार्थ, भाला, खुकुरी, पेस्तोललगायतका हतियार लिएर हिड्न र प्रयोग तथा प्रदर्शन नगर्न निषेध गरिएको र निर्वाचन अवधिभरका लागि मदिराको अवैध उत्पादन र बिक्री वितरण कार्यमा रोक लगाइएकाले यी कार्य विपरीत गएको पाइएमा कानुनबमोजिम कारवाही हुने सूचनामा उल्लेख गरिएको छ ।
रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ००:००