१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाल्डा पुर्दै महानगरपालिका, मंसिर पहिलो सातादेखि कालोपत्रे



 

२२ कात्तिक, काठमाडौँ । वर्षा सकिएसंगै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्टी पुर्ने काम शुरु गरेको छ ।

वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले महानगरले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

अहिले नरदेवी, कोटेश्वर लगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि प्रमुख शाक्यले जानकारी दिए । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर ८० करोड बजेट छुट्याएको महानगरका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने ढकालले बताए । महानगरका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न शुरु गर्ने योजना रहेको छ ।

सडक निर्माणको काम वर्षाको समयमा भन्दा हिउँदमा सहज हुने भएको हुनाले पनि अहिले काम शुरु गरेको महानगरको भनाइ छ ।

सोमबार प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ का विभिन्न स्थानमा भइरहेको सडक निर्माणको अवलोकन गर्दै सेतीओपी मार्ग कामनपा–३२ मा भइरहेको सडक निर्माणबारे जानकारी लिँदै इञ्जिनियरलाई छिटोभन्दा छिटो तथा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।
रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ००:००