९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धिजीवी प्रचारप्रसार कमिटी गठन



 

२१ कात्तिक, काठमाडौँ । नेकपा एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले प्रा भोला पोखरेलको संयोजकत्वमा सोमबार बुद्धिजीवी प्रचारप्रसार कमिटी गठन गरेको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यस क्षेत्रमा पार्टीका उम्मेदवारलाई आवश्यक सुझाव उपलब्ध गराई प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले सो कमिटी गठन गरिएको हो ।

सो क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा गठन गरिएको समितिमा विभिन्न पेशामा आबद्ध बुद्धिजीवी मध्येबाट २५१ सदस्य समेटिएको छ । सोही समितिबाट ४५ सदस्य रहेको सचिवालय गठन गरिएको नेता नन्दहरि गौतमले जानकारी दिए ।

उम्मेदवार श्रेष्ठले अबको चुनावमा वाम गठबन्धनको बहुमत कायम गर्न कसैले रोक्न नसक्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन बुद्धिजीवी मोर्चाबाट प्रचारप्रसार लगायत अन्य सहयोगका लागि भूमिका निर्वाह गर्न कमिटीलाई आग्रह गरे ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार ००:००