७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धनले मात्र मुलुकमा समृद्धि ल्याउँछः नेम्वाङ



 

२० कात्तिक, इलाम । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने दाबी गरेका छन् । सोमबार फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए ।

“पाँच वर्षसम्म स्थिर सरकार चलाएर मुलुकलाई आर्थिक विकासतर्फ उन्मुख गराउने लक्ष्य छ,” उनले भने, “समृद्ध नेपालको आधार तयार भएको छ, यही आधारमा मुलुक समृद्ध बनाउँछौं ।”

अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको उनको भनाई थियो । वाम एकता कुनै निरंकुशता र अधिनायकवाद ल्याउनका लागी नभएको उनले स्पष्ट पारे । रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००