६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना




नवलपरासी
, २० कात्तिक । नेपालकै सबैभन्दा कान्छो जिल्लाका रुपमा परिचित नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लामा जिल्ला प्रशासन कार्यालय स्थापना भएको छ ।

तत्कालका लागि नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लाको नामाकरण गरिएको नवलपुर क्षेत्रको सदरमुकाम कावासोतीलाई आधार मानी जिल्ला प्रशासन कार्यालय स्थापना गरिएको हो ।

यसअगावै कावासोती रहेको इलाका प्रशासन कार्यालयका रुपमा रहेको सोही कार्यालयलाई जिल्ला प्रशासन कार्यालयका रुपमा रुपान्तरण गरिएको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आइतबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

सरकारले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना गरेपछि यहाँको चहलपहल सदाको झैँ निकै बढेको छ । यसअगावै नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला नवलपुर क्षेत्रमा जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय लगायतका कार्यालय स्थापना भइसकेका छन् ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००