मुस्ताङ, १९ कात्तिक । जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको उद्घाटन गरिएको छ ।
छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गरेका हुन् । भारतीय राजदूतावासको ४ करोड १२ लाखको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत पुल निर्माण भएको इ सकलदेव शर्माले बताए ।
विस २०६८ चैत १३ गतेदेखि निर्माण शुरु भएकामा गत वैशाखमा निर्माण सकिएको थियो । पुल निर्माण भएपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।
रासस
प्रतिक्रिया