१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीमा वाम गठबन्धनले एकीकृत चुनावी अभियान सञ्चालन गर्ने



 

१७ कात्तिक काठमाडौं । पार्टी एकताको लक्ष्यसहित बृहद चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले राजधानीय काठमाडौँ उपत्यकामा संयुक्त चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबारदेखि नै संयुक्त चुनावी अभियान थाल्ने गठबन्धनले जनाएको छ । अभियान चलाउने एमाले महासचिव ईश्वर पोखरेलले बताए । शनिबार क्षेत्र नं ५ मा आयोजना गरिएको चुनावी प्रचार अभियानमा अभियान सञ्चालन गर्ने बताएका हुन् ।

काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर निर्वाचन अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा निर्वाचन अभियान सञ्चालन गर्न तयारी भइरहेको बताइन् । गठबन्धनले काठमाडौँ उपत्यकाका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाइएको छ । निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायत विषय समावेश गर्ने तयारी गरिएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ००:००