१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै गाउँपालिका र नगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने तयारी



 

१६ कात्तिक काठमाडौं । उद्योग मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ । सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न ७ सय ५३ वटै स्थानीय तहमा ग्रामको विकास गर्न लागिएको हो । साना घरेलु उद्योग स्थापना गर्न सहज हुनेगरि ग्रामको विकास गर्न लागिएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए ।

ग्राम स्थापना गर्न १ देखि २ सय रोपनी क्षेत्रफलको जमिन र त्यहाँ आवश्यक बिजुली, बाटो, पानीलगायतका पूर्वाधारको प्रबन्ध मन्त्रालयले गर्नेछ । उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगबारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ ।

त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । यसका लागि १ हजार रोपनीभन्दा बढी जग्गा आवश्यक पर्छ । शहर बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्ने मन्त्रालयको लक्ष्य छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार ००:००