२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दश बर्ष भित्र ‘डिजिटल नेपाल’ बनाउन रणनीतिक साझेदार भित्र्याइने

लेखक स्थानीय खबर १३ कार्तिक २०७४, सोमबार २ मिनेट पढाइ


काठमाडौँ
, १३ कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जापानी प्रतिनिधिमण्डलसंग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरे ।

नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसंग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो । मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसञ्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा प्राथमिकताका साथ काम गर्दै आएको छ ।

नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसंग छलफल गरेको छ ।

जापानी प्रतिनिधिमण्डलले आफूहरु नेपालको दूरसञ्चारसंग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको बताउँदै सो सम्बन्धी प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ ।

भेटपछि सञ्चारकर्मीसंग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताए ।

मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ । सरकारले आगामी तीन वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ ।

मन्त्री बस्नेतले मुलुकको भौगोलिक विकटता र प्राकृतिक विपत्तिसंग जुध्नसक्ने सूचना प्रविधिको विकासका लागि विश्वभरबाट दक्ष रणनीतिक साझेदारको खोजीमा रहेको जानकारी दिए । यसका लागि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।

मन्त्री बस्नेतले सरकार दूरसञ्चार क्षेत्रमा फड्को मार्नका साथै मुलुकभित्रै नोट छपाइ, राष्ट्रिय परिचयपत्र र राहदानी छपाइको तयारीमा रहेको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।