३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउसी भैलाेबाट उठेकाे रकम फाेहाेर ब्यवस्थापनमा, दुई वर्षभित्र सफा सोलुखुम्बु बनाइने




सल्लेरी
— सोलुखुम्बु, १० कात्तिक । सामुदायिक रेडियो सोलु एफएमले देउसी भैलोबाट संकलन भएको रकम फोहोर व्यवस्थापनमा खर्च गर्ने भएको छ । प्रदेश नं १ कै पहिलो सामुदायिक रेडियोले नगरपालिकाको मुख्य चुनौती फोहोर व्यवस्थान देखिएकाले फोहोर संकलनका लागि टोकरी राख्ने भएको हो ।

नगरपालिकाको ३० वटा सार्वजानीक स्थानमा फोहोर फालिने टोकरी राखिने सो एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारण श्रेष्ठले जानकारी दिए । सल्लेरीमा सञ्चालन गरिएको देउसी भैलोबाट एक लाख ६८ हजार संकलन भएको छ ।

“पर्यटकीय महत्व बोकेको जिल्ला भएकाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ” उनले भने । स्थानीय स्रोत साधनलाई प्रयोग गर्ने उद्देश्यले बेत बाँसबाट बनेको टोकरी राख्ने निर्णय गरिएको हो ।

पछिल्लो समय नगरपालिकाको बजार क्षेत्रमा जताततै फोहोरको मात्रा बढ्दै गएपछि चिन्ता व्यक्त गरिँदै आएको थियो । फोहोर संकलनका लागि पर्याप्त टोकरी राख्न नसक्दा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको हो ।

टोलसुधार समितिले सरसफाइ गरे पनि सर्वसाधारणको चहलपहल रहने क्षेत्रमा फोहोर राख्ने टोकरी नहुँदा समस्या भएको हो । दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००