२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भवन आचारसंहिताअनुसार निर्माण गर्न नगरपालिकालाई निर्देशन




काठमाडौँ
, ५ कात्तिक । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई भवन आचारसंहिता लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्राचार गरी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलको अनुरोध अनुसार यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

समाज कल्याण मन्त्रालयले नगरपालिकालाई अपांगतामैत्री संरचना निर्माण गर्न सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतीक्षालय, पार्किङस्थल, मनोरञ्जनस्थल, सम्मेलन केन्द्र, चलचित्र घरजस्ता सार्वजनिकस्थल र सर्वसाधारणका लागि खुला गरिएका व्यावसायिक तथा आवासीय भवनजस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त र्याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गर्न निर्देशन दिएको उनले बताए ।

मन्त्रिपरिषद्ले २०६९ फागुन ६ गते अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका पारित गरेको थियो । निर्देशिका पारित भए पनि त्यस अनुसार संरचना निर्माण नभएकाले समाज कल्याण मन्त्रालयको अनुरोधमा स्थानीय विकास मन्त्रालयले नगरपालिकालाई यो निर्देशन जारी गरेको हो ।
रासस

प्रकाशित मिति : ५ कार्तिक २०७४, आइतबार ००:००