काठमाडौँ, ५ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।
आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि कांग्रेसले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको पार्टी कार्यालयले जनाएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने कांग्रेसले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।
कांग्रेसले चुनावी गठबन्धनका लगि सहमति भएका दलहरु संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नयाँ शक्ति नेपाललगायत दलसंग सहकार्य गर्ने गरी उम्मेदवार चयन गरेको छ । सोही सहमतिअनुसार पार्टीले कतिपय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलका उम्मेदवारलाई सघाउने भएको छ ।
आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ हुनेछ भने मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ तोकिएको छ ।
पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले आज कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका निर्धारण गरेको छ । साथै दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।
नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
पहिलो चरणमा हुने निर्वाचनका लागि कांग्रेसका सम्पूर्ण उम्मेदवारको सूची यसप्रकार रहेको छः
१ सोलुखुम्बु बलबहादुर केसी
प्रकाशसिंह कार्की क, आङगेलु शेर्पा ख
२ ताप्लेजुङ केशवप्रसाद दाहाल
लीलादेवी बोखिम क, दीपेन्द्रकुमार सेन्दाङ ख
३ पाँचथर भीष्मराज आङ्देम्वे
नरेन्द्रकुमार केरुङ क, सुरेन्द्रकुमार दाहाल ख
४ खोटाङ सरस्वती वजिमय
सुभाषकुमार पोखरेल क, विष्णुकुमार राई ख
५ मनाङ टेकबहादुर गुरुङ
चिन्तबहादुर घले क, कर्म गुरुङ ख
६ हुम्ला मंगलबहादुर शाही
ठानबहादुर रोकाया क, जीवनबहादुर शाही ख
७ भोजपुर उमेशजंग रायमाझी
संघीय समाजवादी क, गोविन्दबहादुर कार्की ख
८ जाजरकोट राजीव विक्रम शाह
वेदराज सिंह क, दीपकजंग शाह ख
९ दोलखा रुद्रबहादुर खड्का
बर्मा लामा क, केशवराज चौलागाईं ख
१० मुस्ताङ रोमी गौचन थकाली
मिक्यु गुरुङ क, छिरिङ धावा गुरुङ ख
११ म्याग्दी खमबहादुर गर्बुजा
नेत्रबहादुर महत क, क्या। अमलाल फगामी ख
१२ रोल्पा अमरसिंह पुन
शेखरबहादुर महरा क, खगेन्द्रप्रसाद हमाल ख
१३ रुकुम पश्चिम गोपालजीजंग शाह
गंगाराम गौतम क, खड्कबहादुर डाँगी ख
१४ मुगु हस्तबहादुर मल्ल
खड्गबहादुर शाही क, तिलकबहादुर मल्ल ख
१५ जुम्ला देवेन्द्र बहादुर शाही
राजुसिह कठायत क, भिमनिधि हमाल ख
१६ कालिकोट भूपेन्द्रजंग शाही
टेकराज शाही क, कालीबहादुर सहकारी ख
१७ दार्चुला विक्रमसिंह धामी
मदन गिरी क, जगदीश पाल ख
१८ डोल्पा अंगदकुमार बुढा
बेगमसिंह ठकुरी क, सुरेशबहादुर शाही ख
१९ ओखलढुंगा रामहरि खतिवडा
प्रदीपकुमार सुनुवार क, मित्रसेन दाहाल ख
२० बझाङ पृथ्वीबहादुर सिंह
चन्द्रादेवी जोशी क, नरेशबहादुर सिंह ख
२१ संखुवासभा दीपक खड्का
टंक राई क, दीपककुमार लिम्बू ख
२२ बैतडी नरबहादुर
चन्द हरिमोहन भण्डारी क, राप्रपा ख
२३ नुवाकोट क्षेत्र नं १, डा रामशरण महत क्षेत्र नं २, अर्जुननरसिंह केसी
क्षेत्र नं १ महेन्द्र थिङ क, रमेशकुमार महत ख, क्षेत्र नं २ जगदिशनरसिंह केसी क, जगतबहादुर तामाङ ख
२४ रसुवा मोहन आचार्य
प्रभात तामाङ क, नयाँ शक्तिसंग तालमेल ख
२५ धादिङ क्षेत्र नं १ विश्वप्रसाद अर्याल, क्षेत्र नं २ दिलमान पाख्रिन
क्षेत्र नं १ मधुकुमार श्रेष्ठ क, प्रभात सुवेदी ख, क्षेत्र नं २ रमेश धमला क, राप्रपासंग तालमेल ख
२६ सिन्धुपाल्चोक क्षेत्र नं १ मोहनबहादुर बस्नेत
क्षेत्र नं २ पशुपतिशम्शेर राणा राप्रपा प्रजातान्त्रिक संग तालमेल
क्षेत्र नं १ विष्णुबहादुर खत्री क, राजेन्द्रकुमार श्रेष्ठ ख, क्षेत्र नं २ विकास तामाङ क, राप्रपा प्रजातान्त्रिकसंग तालमेल ख
२७ रामेछाप पूर्णबहादुर तामाङ
रत्नबहादुर कार्की क, जीतबहादुर मगर ख
२८ बाग्लुङ क्षेत्र नं १ चम्पा खड्का क्षेत्र नं २ निरज पुन
क्षेत्र नं १ दीपेन्द्र थापा क, प्रकाश पौडेल ख, क्षेत्र नं २ मन्जेस बम मल्ल क जीतबहादुर शेरचन ख
२९ लम्जुङ दिलबहादुर घर्ती
गर्जबहादुर गुरुङ क, कृष्णप्रसाद कोइराला ख
३० गोरखा क्षेत्र नं १ चीनकाजी श्रेष्ठ क्षेत्र नं २ नयाँ शक्तिसंग तालमेल
क्षेत्र नं १ धीरन थापा क, राजेन्द्र बजगार्इं ख, क्षेत्र नं २ नयाँ शक्ति क, प्रकाशचन्द्र दवाडी ख
३१ बाजुरा कविराज पण्डित
जनकराज गिरी क, पदमबहादुर शाही ख
३२ रुकुम पूर्वी क्षेत्र हरिशंकर घर्तीमगर
दूतकुमार पुन क, दत्तबहादुर बस्नेत ख
रासस
प्रतिक्रिया