२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिमेकी फालेलुङका पहिरोपीडितलाई सहयोग

लेखक स्थानीय खबर १ कार्तिक २०७४, बुधबार १ मिनेट पढाइ


पाँचथर
, १ कात्तिक । फालेलुङका पहिरोपीडितलाई याङवरक गाउँपालिकाले ५० हजार नगद सहयोग गरेको छ । गत साउनमा परेको अविरल पानीका कारण फालेलुङमा भएको विनाशमा सहयोग गर्ने उद्देश्यले राहत सहयोग गरिएको बताइएको छ ।

हालै भएको परिषद्को बैठकले दिने निर्णय गरिएको नगद ५० हजार मंगलबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले फालेलुङ गाउँपालिकाका उपप्रमुख हिमा अधिकारीलाई हस्तान्तरण गरेको याङवरक गाउँपालिकाका कार्यकारी अधिकृत डम्बर आङदेम्वेले बताए ।

छिमेकी गाउँपालिकाका पहिरोपीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि राहत रकम हस्तान्तरण गरिएको उनले बताए ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।