१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजविराजमा अतिक्रमण गर्ने पसल हटाइँदै




राजविराज
, ३१ असोज । सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडक पेटीमा वर्षौँदेखि अतिक्रमण गरेर बसेका पसल हटाउने कार्य शुरु गरिएको छ ।

राजविराज नगरपालिकाले सडकपेटीमा अतिक्रमण गरी फाटफुट रुपमा पसल सञ्चालन गर्दै आएका पसल तथा मासु बिक्री वितरण गर्ने स्टोर लगायत अतिक्रमण गरेर पसल सञ्चालन गरेका पसललाई हटाउने कार्य शुरु गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

राजविराज नगरपालिका र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको सहयोगमा नगरपालिकाले राजविराजको मुटु मानिएका गजेन्द्र चोकदेखि उत्तरपट्टिको सडकको दायाँबाँया साइडमा रहेका पान पसल, चटपटे पसल तथा साना फाट्फुट रुपमा रहेका पसललाई समेत हटाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

त्यस्तै, राजविराजको दर्शनचोकदेखि पश्चिम सिरहा रोडसम्ममा अतिक्रमण गरेका पसललाई हटाइएको र नगरपालिकाको सडक तथा सार्वजनिक ठाउँमा अतिक्रमण गर्ने पसललाई अविलम्ब हटाउन राजविराज नगरपालिकाले आग्रह गरेको छ ।
रासस

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार ००:००