४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थापाको गीतिसंग्रह ‘मनभित्रको मन’ सार्वजनिक



 

काठमाडाैं, ३० असाेज । गीतकार तथा लेखक कृष्ण बहादुर थापा क्षेत्रीको “मन भित्रको मन” गीतिसंग्रहको सार्ववजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा बरिष्ठ गीतकार रत्न शमसेर थापा, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा र पत्रकार अशोकप्यासी राईले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

गीतिसंग्रहमा १ सय २० वटा गीत छन् । बेलायतमा बस्दै अाएका उनले यसअघि पनि शब्द सागर, म एक जात हराएको मान्छ र मेरो अस्थित्व नामको गीति एल्बम बजारमा ल्याइसकेका छन् ।

यसअघि उनले खस क्षेत्रीको आन्दोलन किन, भावनाका रङहरू भाग १ र २ पुस्तक प्रकाशित गरिसकेका छन् । यसैगरि ‘द खस’ नामक पुस्तक चाँडै प्रकाशित गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा कबि तथा गीतकार रत्न समशेर, रमेश अधिकारी तथा पत्रकार अशाेक प्यासीले गितीसंग्रहमाथी टिप्पणी गरेका थिए ।

उनको छिचोलेर शिर्षकबाटः

छिचोलेर सयौं जङ्गार तिमीलाई भेट्न आएको छु
एक्लै बाँच्दा चर्किएको छाति देखाउन आएको छु…

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार ००:००