११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणटार वाग्मती पुलमुनिको सडक सञ्चालन




काठमाडौँ
, २७ असोज । गोकर्णेश्वर नगरपालिकाले नारायणटारस्थित वाग्मती पुलमुनि नदीको दायाँबायाँ सडक सञ्चालनमा ल्याएको छ । गुह्येश्वरीदेखि गोकर्णसम्म वाग्मतीको दायाँबायाँ सडक सञ्चालनमा आएको दशक बितिसक्दा पनि पुलमुनि सडक नबन्दा नारायणटार पुगेपछि सवारीसाधन घुमेर वाग्मती कोरिडोरमा जानुपर्ने बाध्यता थियो । यसले गर्दा घण्टौँ सवारी जाममापर्ने समस्या थियो ।

पुलमुनिको सडक खुलेपछि सडकको चापको समस्या हटेको नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले बताए । यो सडकबाट साँखु हुँदै सिन्धुपाल्चोक र भक्तपुरको नगरकोट जान सडक खुलेकाले पनि सवारीको चाप हुने गरेको छ । चाबहिल–साँखु सडक विस्तार भइरहेकाले पनि सवारी चाप हुने गरेको छ ।

नगरपालिकाको २५ लाख लगानीमा पुलमुनिको सडक बनेको हो । शुक्रबार सडकको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरभित्रको पूर्वाधार विकासमा नगरपालिकाको ध्यान केन्द्रित भएको बताए ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार ००:००