११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल र पञ्चमीबजारबीच सिधा यातायात सञ्चालन



३ माघ, खोटाङ ।
सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालन गरिएको छ । दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात संचालन भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

गाउँपालिकाले दिक्तेल–पञ्चमीबजार सिधा यातायात सञ्चालनमा ल्याएसँगै ६५ वर्षमाथिका यात्रुलाई नागरिकताको आधारमा निःशुल्क यातायात सेवा लिन पाउने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । दिक्तेल–पञ्चमीबजार बसको भाडादर ५०० कायम गरिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

दिक्तेल–पञ्चमी सिधा यातायात सञ्चालन भएपछि दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम दिक्तेल आवतजावत गर्न सहज भएको छ । निर्माण कार्य सकिएको लामो समयसम्म सवारी साधन नचल्दा सो क्षेत्रका स्थानीयवासी दुई दिनको पैदल यात्रापछि सदरमुकाम दिक्तेल आइपुग्ने गरेका थिए ।

दिक्तेल–पञ्चमीबजार सडक बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको थियो । वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरिएको उक्त कच्ची सडक छ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गर्थ्यो ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००